6th Day of Olympic Day Celebration

On the occasion of commemoration of modern Olympic Day, in 17th June 2015 on Wednesday,  Ideal model school organized Quiz program, there were participated 19 Schools. The opening ceremony of program inaugurated by Chief Guest Mr. Jeevan Ram Shrestha Secretary General of Nepal Olympic Committee.  



6th Day Oratory Program:
ओलम्पिक दिवसमा एभरेस्टमा वक्तृत्वकला प्रतियेगिता सम्पन्न
भक्तपुर, ३ असार । ओलम्पिक दिवसको अवसरमा नेपाल ओलम्पिक कमिटिको आयोजना तथा एभरेस्ट इंगलिस स्कुल मिवाछें भक्तपुरको सहआयोजनामा उपत्यकाव्यापी वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । अनेकौं खेल पारस्परिक मित्रता, ओलम्पिकमा नेपालको सहभागिता विषयक सो प्रतियेगितामा उपत्यकाका १९ विद्यालयबाट १९ विद्यार्थीहरुले भाग लिएका थिए । 
प्रतियेगितामा नाइटिंगेल उच्चमावि कुपण्डोलका समीप निरौला पहिलो, विद्यासंस्कार स्कूल बानेश्वरका आशुतोष खतिवडा दोस्रो, मनकामना इंगलिस स्कुल कमलविनायकका इशिका आचार्य, सैनिक आवासिय महाविद्यालयका लक्ष्मण कटुवाल र ज्ञाननिकेतन स्कुल ललितपुरका प्रज्ञा काफ्ले तृतीय भएका थिए । 
विजयी विद्यार्थीहरुलाई नेपाल ओलम्पीक कमिटीका सदस्य, नेपाल व्याडमिन्टन संघका महासचिव र स्पोटर्स फर अल कमिशनका कोषाध्यक्ष श्री रामजी बहादुर श्रेष्ठ,  शिक्षा मन्त्रालयका पूर्व सहसचिव सुन्दरकुमार शाक्य, एभरेस्ट इंगलिस स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारी, व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्य, स्रोत व्यक्ति प्रेमगोपाल कर्माचार्यले पदक तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । 




 
Previous Next