NOC President Jeevan Ram Shrestha and AFC Representative Purushottam Kattel

एनओसी अध्यक्ष र एएफसी प्रतिनिधिबिच भेटघाट:
एसियाली फुटबल महासंघ (एएफसी) का अन्तर्राष्टिय सम्बन्ध अफिसर पुरुषोत्तम कट्टेलले सोमबार नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठसँग नेपाली फुटबलमा पछिल्लो समय देखिएको विवादको विषयमा जानकारी लिएका छन् । सातदोबाटोस्थित कमिटीको कार्यालयमा उपस्थित भए कट्टेलले एनओसी अध्यक्ष श्रेष्ठसँग भेट गरेका हुन् ।
फिफाले गत साता अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष गणेश थापामाथि १० बर्षको प्रतिबन्ध लगाएपछि नेपाली फुटबलमा देखिएको विवाद र परिस्थितिको विषयमा अध्ययन गर्न एएफसीले कट्टेललाई प्रतिनिधिका रुपमा नेपाल पठाएको हो । सो अध्ययनको सिलसिलामा कट्टेलले एनओसीको राय बुझेको हो । 
एनओसीका अध्यक्ष श्रेष्ठले हरेक संघ आफ्नै स्विकृत विधान र विधि अनुसार चल्नुपर्ने मान्यता रहेको बताए । उनले एनओसीले जहिलेपनि संघहरुको स्वायत्तताको पक्षमा काम गरेको  र संघहरुमाथिको हस्तक्षेप स्विकार गर्न नसकिने एएफसीका प्रतिनिधिलाई जानकारी दिए । तर एनओसीले सरकारसँग सम्न्वयन गरी नेपालमा खेलकुद विकासका लागि काम गर्नुपर्ने धारणा राखेका थिए । 
श्रेष्ठले एन्फाको अध्यक्ष र प्रथम उपाध्यक्षको विषयमा रहेको विवादलाई  निर्वाचनको माध्यमबाट नेपाली फुटबलमा निकास दिनुपर्ने अवधारण प्रस्तुत गर्र्दै सो सम्बन्धमा एएफसीले एन्फालाई स्पष्ट गाइडलाइन दिनुपर्ने आवश्यकता रहेको बताए । सो अवसरमा नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पा, एन्फाका महासचिव धिरेन्द्र प्रधानको समेत उपस्थिती रहेको थियो ।  
क्ट्टेलले एन्फा विवादको अध्ययन गरेर मलेसियामा रहेको हेडक्वार्टरमा प्रतिवेदन बुझाउने छन् ।
Previous Next