Nepal Swimming Association, Asian Youth Development Camp

ने.ओ.क. का अध्यक्षज्यूबाट पौडी टोलीको बिधाई ।
 
काठमाण्डौ, आषाढ २ गते ।
 
यही सन् २०१४ जुन १८ तारीख देखि २८ तारीख सम्म कतारको दोहामा हुने Asian Youth Development Camp मा सहभागीताका लागि नेपालका पौडी खेलाडीहरु सुश्री सोफिया शाह, श्री शिरिष गुरुङ्ग र प्रशिक्षक श्री ओंगडेन लामाको नाम नेपाल ओलम्पिक कमिटीबाट सिफारिस गरिए अनुरुप वहाँहरु भोलि त्यस तर्फ प्रस्थान गर्नु हुनेछ ।
 
आज नेपाल ओलम्पिक कमिटीका अध्यक्ष श्री ध्रुब बहादुर प्रधानबाट वहाँहरुलाई ओलम्पिक कमिटीका कार्यालय सातदोबाटोमा विधाई गर्नु भयो । उक्त प्रशिक्षणका लागि ने.ओ.क. ले ओलम्पिक काउन्सिल अफ एशिया सँग अनुरोध गरेको थियो । उक्त प्रशिक्षणको सम्पूर्ण खर्च ओलम्पिक काउन्सिल अफ एशियाले व्योहोर्ने छ ।
Previous Next