मितिः २०७१÷०२÷१६
श्रीमान अध्यक्ष तथा महासचिव
राष्ट्रिय संघहरु
विषयः ओलम्पिक डे २०१४ मा सहभागीताको लागि ।
महोदय,
उपरोक्त सम्बन्धमा सदाझै यस पटक पनि नेपाल ओलम्पिक कमिटीले १० दिने विभिन्न प्रकारको कार्यक्रम गरी ओलम्पिक डे २०१४ गर्न लगेको यहाँहरु समक्ष सहर्ष जानकारी गराउँन चाहन्छु ।
यसै क्रममा यही आउदो १४ जुन २०१४ मा अन्तराष्ट्रिय खेलकूद परिसर सातदोवाटोवाट करिव १००० (एक हजार) को संख्यामा साईकल ¥यालीको विहान ७ बजे सुरुवात गरी बसन्तपुरमा समापन गर्ने कार्यक्रम रहेको हुदाँ यहाँको आ–आफ्नो संघवाट साईकल सहित पदाधिकारी तथा खेलाडीहरुको सहभागीताको लागि अनुरोध गर्दछौ । साथै सहभागी पदाधिकारी तथा खेलाडीहरुको नामावली यही २० जेष्ठ २०७१ भित्र उपलब्ध गराई सहयोग गरिदिनुहुन पनि हार्दिक अनुरोध गर्दछु ।
विष्णु गोपाल श्रेष्ठ
अध्यक्ष
स्पोटर्स फर अल कमिसन
ओलम्पिक डे २०१४
Olympic Day 2014
Cycle Rally Route
Sports Complex , Satdobato
Lagankhel
Jaulakhel
Pulchok
Thapathali
Putalisadak
Kamladi
Ratnapark
Bhadrakali
Shahidgate
New Road gate
Newroad Salik
Indra Chowk
Hanumandhoka
Basantapur