Asiand

उसुमा झरना क्वार्टरफाइनलमा
दक्षिण कोरियाको इन्छनमा जारी सत्रौं एसियाली खेलकुद अन्तर्गत उसुमा झरना गुरुङ्ग क्वार्टरफाइनलमा पुगेकी छिन् । प्रिक्वार्टरफाइनलमा ६० किलो तौल समूहमा झरनाले तुर्कमेनिस्तानकी खेलाडीलाई २÷० ले पराजित गर्दै अन्तिम आठमा ठाउँ पक्का गरेकी हुन् । 
पुरुष ६० किलो तौल समूहमा मंगलप्रसाद थारु भने पहिलो खेलबाटै बाहिरिएका छन् । थारु भारतीय खेलाडी नरेन्द्र गेरेवालसंग २÷० ले पराजित भए । 
पुरुष छाङ्छुवानको फाइनलमा भने नेपाल पुछारमा रह्यो । 
नेपालबाट पदकको आशा गरिएकी चाहना बमजनले आइतबार खेल्दैछिन् ।

तेक्वान्दो खेलाडी सक्षमको अवस्था सामान्य बन्दै,इन्छन
असोज ४
दक्षिण कोरियाको इन्छनमा सुरु भएको सत्रौं एसियाली खेलकुद प्रतियोगितामा भाग लिनु पूर्व नै तेक्वान्दो खेलाडी सक्षम कार्की घाइते भएका छन् । तीन साता अगाडि दक्षिण कोरियामा अभ्यासरत सक्षम गत बिहीबार अभ्यासकै क्रममा घाइते भएका हुन् । अण्डकोषमा चोट लागेपछि उनको बिहीबारै शल्यक्रिया गरिएको छ । शल्यक्रिया भएसंगै ७४ किलो समूहका सक्षम प्रतियोगिता भने खेल्न नसक्ने भएका छन् । 
डाक्टर ज्ञानेन्द्र विक्रम शाहले विरामीसंग भेट गरेसंगै अवस्था सामान्य रहेको जनाएका छन् । कोरियाली भाषा समस्या र आज शनिबार परेकाले नेपाली चिकित्सकीय टोलीले शल्यक्रिया गरेको चिकित्सकसंग भेट नभएकाले पूर्ण विवरण पत्ता लगाउन नसकेको जनाए । चिकित्सकहरुसंग सोमबारमात्र विस्तृत विवरण लिन सकिने चिकित्सक शाहले बताए । 
नेपाली टिमका प्रमुख चिकित्सक सरोजकृष्ण श्रेष्ठले अब सोमबारमात्रै विरामी सक्षमका बारेमा विस्तृत बताउने जनाए । उनी केही दिन अझै अस्पतालमै रहने चिकित्सक श्रेष्ठले बताए । 


सेपाक्ताक्रोमा नेपालको संयमित प्रदर्शन,इन्छन
असोज ४
एसियाली खेलकुदमा पहिलो पटक सहभागीता जनाएको नेपालको सेपाक्ताक्रो खेलले संयमित प्रदर्शन गरेको छ । आज भएको डबलतर्फको पहिलो खेलमा नेपाल सिंगापुरसंग २÷० ले पराजित भयो । नेपाल २१÷१४ र २१÷७ ले पराजित भयो । नेपालबाट अनिल गुरुङ्ग र अमन पोडेले खेलेका थिए । दोस्रो खेलमा नेपाल जापानसंग पनि पराजित भयो । नेपालबाट खेलेका कप्तान अनिल र रुपेश सुनार २१÷७ र २१÷७ ले पराजित भए । समूह चरणको अन्तिम खेलमा नेपालले भोलि दक्षिण कोरियाको सामना गर्नेछ । एलन गुरुङ्ग भने घाइते भएका कारण दक्षिण कोरिया आउन पाएनन् । एलन नआएकै कारण नेपालले डबलमा मात्र खेल्न पाएको हो । सेपाक्ताक्रोको रेगु र टिममा नेपालले भाग लिन पाएन । 

इन्छन एसियाडमा पुरुष ब्याडमिन्टनमा नेपालको ठोस सुरुवात ः पहिलो पटक क्वार्टरफाइनलमा
इन्छन, दक्षिण कोरिया । असोज ४ ।
दक्षिण कोरियाको इन्छनमा जारी सत्रौं एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत ब्याडमिन्टनको पुरुष टिम ईभेन्टमा नेपालले विजयी सुरुवात गरेको छ । नेपाली टिमले मकाउ चाइनालाई हराउँदै क्वार्टरफाइनलमा ठाउँ बनाएको छ । एसियाली खेलकुदमा पहिलो पटक अन्तिम आठमा पुग्ने क्रममा नेपाल ३÷० ले विजयी भएको हो । खेलमा रत्नजित तामाङले चि वाई वानलाई २१÷१२ ं  २१—१६ ले पराजित गरे । त्यसैगरी विकास श्रेष्ठले पनि उत्कृष्ट प्रदर्शन गर्दै उ  लिउङ्ग इकलाई २१÷११ र २१÷१६ ले हराए । साथै साजनकृष्ण ताम्राकारले होक मान लोउमाथि १२ ÷२१, २१÷४ र २१÷१८ को संघर्षपूर्ण जित निकाल्दै नेपाललाई अन्तिम आठमा पु¥याए । 
अन्तिम आठमा पुगेसंगै खेलाडीहरुले आफ्नो भन्दा राम्रो टिमलाई हराउन सकेकामा खुसी व्यक्त गरेका छन् । ब्याडमिन्टनको सशक्त टिमलाई हराएसंगै खेलाडीहरुले मनोवल बढेको प्रतिक्रिया दिए । त्यसैगरी मुख्य प्रशिक्षक रजनी जोशीले खेलाडीहरुले सोचे अनुसारको प्रदर्शन गरेको प्रतिक्रिया दिइन् । प्रशिक्षक किरण थापाले पहिलो पटक टिम लिएर अन्तिम आठमा पुग्न सक्नु नै निकै खुसीको कुरा भएको बताए । 
नेपालले भोलि मलेसियाको सामना गर्दैछ । नेपाल ब्याडमिन्टन संघका महासचिव रामजीबहादुर श्रेष्ठले मलेसिया विश्वकै सशक्त टिम भए पनि रत्नजित, विकास, साजन र विष्णु कटुवालले चमत्कार देखाएर सेमिफाइनलमा पु¥याउने विश्वास लिएका छन् । नेपाली टिम १८ महिनादेखि निरन्तर प्रशिक्षणमा रहेको दावी गर्दै श्रेष्ठले यसपटकको टिम सशक्त रहेको पनि बताए । रत्नजितले भोलि विश्व नम्बर एक खेलाडी लि चोङ्ग वेको सामना गर्नेछन् । 
यसैबीच, ब्याडमिन्टनको महिला टिमले भने सोचे अनुसारको प्रदर्शन गर्न सकेन ।

जुडोमा नेपालको खराव प्रदर्शन इन्छन, दक्षिण कोरिया
सत्रौं इन्छन एसियाली खेलकुदमा नेपालले खराव सुरुवात गरेको छ । पहिलो दिनमै तीन नेपाली खेलाडीले बिर्सनयोग्य प्रदर्शन गरे । ६० किलो तौल समूहको पुरुषतर्फ सरोज महर्जन पहिलो चरणबाटै बाहिरिएका छन् । एक मिनेट ४९ सकेन्डमात्र टिक्न सकेका सरोज इप्पोनका आधारमा कोरियाली खेलाडी चुङ्योक किमसंग पराजित भए । 
त्यसैगरी ६६ किलो तौल समूहमा रमेश मगर मंगोलियन खेलाडी तुमुर्खुलेग दावादोर्जसंग इप्पोनकै आधारमा पराजित भए । उनी एक मिनेट ४१ सेकेन्डमात्र टिक्न सकेका थिए । 
५२ किलो तौल समूहमा देविका खड्का मात्र १३ सेकेन्ड टिकेर बाहिरिइन् । उनलाई भारतीय खेलाडी कल्पनादेवी थौदामले सजिलै अयोग्य घोषित गरेकी थिइन् । 

फेन्सिङ्गमा नेपालको सामान्य प्रदर्शन
दक्षिण कोरियाको इन्छनमा जारी एसियाली खेलकुदको फेन्सिङ्गमा नेपालले  सामान्य प्रदर्शन गरेको छ । पहिलो पटक एसियाडमा भाग लिए पनि नेपाली खेलाडीहरुले संयमित प्रदर्शन गरेका हुन् । गंगा गिरी कुवेती खेलाडीसंग ५÷२ ले पराजित भए । त्यसैगरी गंगा सिंगापुरका खेलाडीसंग ४÷० ले, मंगोलियाका खेलाडीसंग ५÷२ ले, कोरियाली खेलाडीसंग ५÷० ले तथा मकाउ चाइनासंग ५÷१ ले हारे । अर्का खेलाडी ओमकार सिंह हङ्गकङ्ग चाइनाका खेलाडीसंग ५÷२ ले पराजित भए । 


नेपाली बास्केटबल उँभो लाग्ने संकेत÷इन्छन बास्केटबल संघसंग सम्झौता ।
नेपाल बास्केटबल संघ र दक्षिण कोरियाको इन्छन बास्केटबल संघबीच मैत्रिपूर्ण साझेदारीका लागि सहमति बनेको छ । नेपाल बास्केटबल संघका अध्यक्ष लामा टेन्डी शेर्पा र इन्छन बास्केटबल संघका अध्यक्ष इन्दुक काङबीच आइतबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता अनुसार इन्छनले नेपाली बास्केटबल टिमको प्राविधिक र प्रशिक्षण पक्षमा सघाउने छ । त्यसैगरी नेपाल र इन्छनबीच मैत्रिपूर्ण अन्तर्राष्ट्रिय खेल खेल्नेसमेत सहमति भएको छ । सो अनुसार नेपाली टिम दक्षिण कोरिया आउने छ भने दक्षिण कोरियाली टिमले नेपालमा खेल्नेछ । 
नेपाली टिमलाई सघाउने बारेमा थप आन्तरिक छलफलपछिमात्र विस्तृत खुलाउने इन्छन अध्यक्ष काङले जनाएका छन् । इन्छनसंगको सम्झौताले नेपाली महिला, पुरुष र उमेर समूहको बास्केटबलमा विकास हुने अपेक्षा गरिएको छ । सम्झौता दिगो भए नेपाली खेलाडीहरु कोरिया आएर खेल्नेछन् भने कोरियाकै प्रशिक्षकले नेपालमा आएरसमेत प्रशिक्षण दिनेछन् । इन्छनले प्रशिक्षक प्रशिक्षण दिनेबारेमा समेत सकारात्मक रहेको जनाएको छ । नेपाल बास्केटबल संघका अध्यक्ष शेर्पाले यो सम्झौताले नेपाली बास्केटबलको विकासमा थप टेवा पुग्ने बताएका छन् ।   
एसियाडमा पहिलो पटक सहभागीता जनाएको महिला बास्केटलबल टिमले इन्छन एसियाडमा मंगोलियामाथि  ७७÷४२ को सम्मानजनक हार ब्यहोरेको थियो भने समूह चरणबाटै बाहिरिने क्रममा काजखस्तान र हङ्गकङ्गसंगसमेत हार खाएको थियो । नेपालले कतारबाट भने वाकओभर पाएको थियो ।
Previous Next