News

Nepal Cycling Association, 2014 UCI Mountain Bike Marathon World Championship

June 18, 2014

मिति २०७१ असार ४ गते यहि जुन २९ तारिखका दिन दक्षिण अफ्रिकाको पिटरमाटिज वर्गमा आयोजना हुन गइरहेको द्दण्ज्ञद्ध ग्ऋक्ष् mयगलतबष्ल दष्पभ mबचबतजयल धयचमि अजबmउष्यलकजष्उ मा नेपालका चार साइकिलिङ खेलाडीहरुको सहभागीता हुने जानकारी गराउन चाहान्छौं । सो प्रतियोगितामा नेपालका चार राष्ट्रिय खेलाडीहरुको सहभागी हुने छ । सहभागी हुने खेलाडीमा अजय पण्डित श्रेत्री, नारायण गोपाल महर्जन, राजकुमार श्रेष्ठ र बुद्धिबहादुर तामाङ्ग रहेका छन् । यी चारै जना गत बर्ष मलेसियामा सम्पन्न छनोट प्रतियोगितामा सहभागी भइ छनोट भएका खेलाडी हुन् ।यी खेलाडीहरु असार ६ गतेका दिन दक्षिण अफ्रिकातर्फ प्रस्थान गर्दै छन् । नेपालका साइकिलिङ खेलाडीहरुले वल्र्ड च्याम्पियनसिपमा सहभागीता गरेको यो दोस्रो पल्ट हो । यस अघि फ्रान्समा भएको वल्र्ड च्याम्पियनसिपमा नेपाली खेलाडी निर्जला ताम्राकारको सहभागीता रहेको थियो । सो प्रतियोगितामा सहभागी हुन नेपाली खेलाडीहरुले विगत केहि महिना देखि प्रशिक्षण लिइरहेका छन् । प्रशिक्षणका लागि नेपाली प्रशिक्षक श्री अजयनरसिंह राणाले राष्ट्रिय रुपमा प्रशिक्षण प्रदान गरि राख्नु भएको छ भने नेपाली साइकिलिङ खेलाडीका

Nepal Swimming Association, Asian Youth Development Camp

June 16, 2014

ने.ओ.क. का अध्यक्षज्यूबाट पौडी टोलीको बिधाई । काठमाण्डौ, आषाढ २ गते । यही सन् २०१४ जुन १८ तारीख देखि २८ तारीख सम्म कतारको दोहामा हुने Asian Youth Development Camp मा सहभागीताका लागि नेपालका पौडी खेलाडीहरु सुश्री सोफिया शाह, श्री शिरिष गुरुङ्ग र प्रशिक्षक श्री ओंगडेन लामाको नाम नेपाल ओलम्पिक कमिटीबाट सिफारिस गरिए अनुरुप वहाँहरु भोलि त्यस तर्फ प्रस्थान गर्नु हुनेछ । आज नेपाल ओलम्पिक कमिटीका अध्यक्ष श्री ध्रुब बहादुर प्रधानबाट वहाँहरुलाई ओलम्पिक कमिटीका कार्यालय सातदोबाटोमा विधाई गर्नु भयो । उक्त प्रशिक्षणका लागि ने.ओ.क. ले ओलम्पिक काउन्सिल अफ एशिया सँग अनुरोध गरेको थियो । उक्त प्रशिक्षणको सम्पूर्ण खर्च ओलम्पिक काउन्सिल अफ एशियाले व्योहोर्ने छ ।