Nepal Cycling Association, 2014 UCI Mountain Bike Marathon World Championship

मिति २०७१ असार ४ गते
यहि जुन २९ तारिखका दिन दक्षिण अफ्रिकाको पिटरमाटिज वर्गमा आयोजना हुन गइरहेको द्दण्ज्ञद्ध ग्ऋक्ष् mयगलतबष्ल दष्पभ mबचबतजयल धयचमि अजबmउष्यलकजष्उ मा नेपालका चार साइकिलिङ खेलाडीहरुको सहभागीता हुने जानकारी गराउन चाहान्छौं । सो प्रतियोगितामा नेपालका चार राष्ट्रिय खेलाडीहरुको सहभागी हुने छ ।  सहभागी हुने खेलाडीमा अजय पण्डित श्रेत्री, नारायण गोपाल महर्जन, राजकुमार श्रेष्ठ र बुद्धिबहादुर तामाङ्ग रहेका छन् । यी चारै जना गत बर्ष मलेसियामा सम्पन्न छनोट प्रतियोगितामा सहभागी भइ छनोट भएका खेलाडी हुन् ।यी खेलाडीहरु असार ६ गतेका दिन दक्षिण अफ्रिकातर्फ प्रस्थान गर्दै छन् ।  
नेपालका साइकिलिङ खेलाडीहरुले वल्र्ड च्याम्पियनसिपमा सहभागीता गरेको यो दोस्रो पल्ट हो । यस अघि फ्रान्समा भएको वल्र्ड च्याम्पियनसिपमा नेपाली खेलाडी निर्जला ताम्राकारको सहभागीता रहेको थियो । 
सो प्रतियोगितामा सहभागी हुन नेपाली खेलाडीहरुले विगत केहि महिना देखि प्रशिक्षण लिइरहेका छन् । प्रशिक्षणका लागि नेपाली प्रशिक्षक श्री अजयनरसिंह राणाले राष्ट्रिय रुपमा प्रशिक्षण प्रदान गरि राख्नु भएको छ  भने नेपाली साइकिलिङ खेलाडीका विदेशी सहयोगी प्रशिक्षक श्री टन इभरसले इन्टरनेटमार्फत प्रशिक्षण दिइरहनुभएको छ । 
सो च्याम्पियनसिपमा सहभागी हुने खेलाडीलाई लाग्ने हवाई भाडा, बसोबास तथा खाना, तालिमका सामग्री, डाइटआदिको लागि नेपाल साइकिलिङ खेलाडीका सहयोगीहरु थ्बप ब्ततबअप इन्टरनेसन, टम इभरस, हिमालयन सिंगल ट्रयाक कम्पनी, साइकिलिष्ट टेलोर म्याक म्याथनलगायतले सहगोग प्रदान गर्नु भएकोमा नेपाल साइकिलिङ संघ उहाँहरुमा धन्यवाद ज्ञापन गर्दछ ।
Previous Next