Board Meeting of Nepal Olympic Committee

एनओसीमा जिम्मेवारी बाँडफाट
काठमाडौं÷रास– नेपाल ओलम्पिक कमिटीले विभिन्न समिति गठन गरी जिम्मेवारी बाँडफाट गरिएको छ । ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेका बैठकले विभिन्न खेलकुदको समन्वयका लागि कमिटी गठन गरेको हो ।
ओलम्पिकको दोस्रो बैठक व्यवस्थित र पारदर्शी रूपमा भएको कमिटीका सदस्यले बताएका छन् । बैठकमा ओलम्पिकको गतिविधिको विषयमा रिपोर्टिङसमेत गरिएको थियो ।
बैठकले अन्तर्राष्ट्रिय सम्बन्ध कमिसनमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलाई जिम्मेवारी दिने निर्णय गरेको छ । त्यसैगरी, ब्राजिलमा हुने रियो ओलम्पिक हेर्ने जिम्मेवारी कमिटीका महासचिव लामा टेन्डी शेर्पालाई दिइएको छ ।
त्यसैगरी, मेडिकल कमिसनको संयोजकमा डा. सरोजकृष्ण श्रेष्ठलाई चयन गरेको छ । त्यसैगरी, महिला कमिसनको संयोजकमा कमिटीकी उपाध्यक्ष ज्योति राणा, स्पोर्टस् फर अल कमिसनको अध्यक्षमा विष्णु गोपाल श्रेष्ठ , स्पोर्टस एण्ड ईन्भारोनमेण्ट कमिसनमा हक्की संघका अध्यक्ष उमेशलाल श्रेष्ठ  तोकिएका छन् ।
त्यसैगरी, मार्केटिङ एन्ड प्रायोजकको जिम्मेवारी नेपाल एथलेटिक्स संघका उपाध्यक्ष संजीव तुलाधरलाई दिइएको छ । कल्चरको जिम्मेवारी नेपाल ब्याडमिन्टन संघका महासचिव रामजीबहादुर श्रेष्ठलाई दिइयो ।
खेलकुदमार्फत शान्ति कमिसनमा रमेश महर्जनलाई जिम्मेवारी दिइएको छ । स्पोर्टस् कमिसनमा गंगाबहादुर थापालाई जिम्मेवारी प्रदान गरिएको छ । त्यसैगरी, भारतमा हुने आसन्न
१२औं सागको समन्वयन समितिमा पुरेन्द्रविक्रम लाखे, राजीव श्रेष्ठ, निलेन्द्रराज श्रेष्ठ, तेजबहादुर गुरुङ, दीपक बज्राचार्य र अशोक रहेका छन् । नर्वेको लिलेहाम्बरमा हुने दोस्रो विन्टर युथ ओलम्पिक हेर्ने जिम्मेवारी सुनिल श्रेष्ठलाई दिइएको छ । प्रतियोगिता १२ देखि २१ फेबु्रअरी २०१६ मा हुँदै छ ।
त्यसैगरी, छैटौं याकुट्समा हुने चिल्डेन अफ एसिया छैटौं अन्तर्राष्ट्रिय स्पोर्टस् गेम्स हेर्ने जिम्मेवारी रतन टण्डनलाई दिइएको छ । सो प्रतियोगितामा नेपालले सहभागिता जनाउने सम्भावना रहेको छ । त्यसैगरी, भियतनामा २४ सेप्टेमबरदेखि ३ अक्टुबरसम्म हुने पाँचौं एसियन विच गेम्सको जिम्मेवारी रमेश श्रेष्ठलाई दिइएको छ । समारोहको तयारी कमिटीको जिम्मेवारी अशोक ब्रजाचार्यलाई दिइएको छ । अन्तर्राष्ट्रिय सहभागिता प्रतिनिधिका लागि नीति निर्देशन तयार गर्ने जिम्मेवारी धीरेन्द्र प्रधानलाई दिइएको छ । त्यसैगरी, शनिबारको बैठकले एनओसी आचारसंहिता निर्माण गर्ने निर्णय गरेको छ । भूकम्प सम्झना हल निर्माणका लागि अध्यक्ष जीवनराम श्रेष्ठलाई हस्ताक्षर गर्ने अधिकार प्रत्यायोजन गरिएको छ
पर्वतीय खेलहरूको प्रवद्र्धन र विकासको प्रस्ताव तयार गर्नका लागि नीलेन्द्रराज श्रेष्ठको संयोजकत्वमा पाँचसदस्यीय कार्यदल गठन गरेको छ । जसमा जिम्बे ग्याम्बो शेर्पा, छिमिर उर्जेन गुरुङ रहेका छन् ।
त्यस्तै, ओलम्पिक कमिटीको आर्थिक विनियम, कर्मचारी विनियमसमेत तयार गर्ने भएको छ । एनओसीले सन् २०१६ भित्र दोस्रो स्पोट्र्स कंग्रेस गर्ने निर्णय गरेको छ । आगामी जनवरी पहिलो सातामा नेसनल स्पोट्र्स फोरम आयोजना गर्ने निर्णय भएको ओलम्पिकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । एनओसी जर्नलको सम्झौताको विषयमा पनि मिटिङमा छलफल भएको थियो ।
ओलम्पिक कमिटीको दोस्रो बैठकपछि कमिटीका पदाधिकारीले कमिटीले सबै एजेन्डालाई स्पष्टसँग छलफलका लागि राखेको भन्दै खुसी व्यक्त गरेका छन् । 
Previous Next